नेपाल दिगो विकासकाे लक्ष्य प्राप्त गर्न प्रतिवद्ध छ: अर्थमन्त्री खतिवडा

 साउन २२, २०७५ मंगलबार २०:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलार्इ नेपालको आर्थिक वृद्धि, सामाजिक न्याय सहितको विकास र समृिद्धको लक्ष्यमा सहयोग गर्न आग्रह गर्नु भएको छ । 

विश्व बैंकका कार्यकारी निर्देशकहरूको स‌ंयुक्त बैठकलाइ न्युयाेर्कमा स‌ंबाेधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभयो ।

नेपालले निरन्तर सुधारलाइ अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले सन् २०३० सम्म मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोचसहित प्राथमिकता तोकेर अगाडि बढेको बताउनुभयो ।

मंगलबारदेखि तीन दिनसम्म चल्ने बैठकमा नेपालको तर्फबाट मन्त्री खतिवडासँगै अमेरिकाको लागि नेपाली राजदूत अर्जुन कुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सह-सचिव श्रीकृष्ण नेपाल सहभागी हुनुहुन्छ ।

बैठकमा विश्व बैंकका पदाधिकारीहरुले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजस्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा जिज्ञासा राखेका थिए ।

यस्तै मंगलबार नै विश्व बैकको मुख्यालय वासिङटन डीसीमा माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष श्री हार्टविग सेफरबीच भेटवार्ता पनि भएको छ ।

भेटमा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालमा संघीयता कार्यान्वयनको दिगोपनाको अवस्था बारे जिज्ञाशा राख्नु भएको नेपाली दुतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया