करुणानिधिको अन्त्येष्टिलाई लिएर ठूलो विवाद

 साउन २२, २०७५ मंगलबार २२:८:३८ | एजेन्सी
unn.prixa.net

तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको निधनले पूरा तामिलनाडु स्तब्ध भएको छ । तर उनको अन्त्येष्टिको ठाउँ भने तय भएको छैन । उनको समाधि कहाँ बनाउने भन्ने विषयमा विवाद सिर्जना भएको छ ।

उनको पार्टी जहाँ तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको अन्त्येष्टि भएको थियो त्यहीँ नै करुणानिधिको पनि समाधि होस् भन्ने चाहन्छ । यसका लागि डीएमकेले औपचारिक रुपमा मुख्यमन्त्रीसँग अनुरोध पनि गरेको छ । यो अनुरोधमा तमिलनाडु सरकारले एउटा बयान जारी गरेको छ ।

तमिलनाडु सरकारका मुख्य सचिव गिरिजा वैद्यनाथनका अनुसार मुख्यमन्त्रीले मरीना तटमा नेताको अन्त्येष्टिको विषय उच्च अदालतमा विचाराधीन रहेको छ । सरकार करुणानिधिको समाधीका लागि अन्ना विश्वविद्यालयको अगाडि दुई एकड जमिन दिन तयार छ । यो इलाका मरीना तटबाट आठ किलोमिटरको दूरीमा पर्दछ ।

करुणानिधिका छोराहरु एमके स्टालिन, एमके अलागिरि र छोरी कनिमोझी आफ्नो पिताको समाधि अन्ना दुरैको समाधिको नजिकै होस् भन्ने चाहन्छन् ।

अन्ना दूरैलाई करुणानिधिको परिवारले गुरुको रुपमा पुज्ने गर्दछ । अन्नाको समाधि मरीना तटमै रहेको छ । तर करुणानिधिको समाधि मरीना तटमा बनाउने कुरामा तमिलनाडुका मुख्यमन्त्री पलनीसामी राजी भएका छैनन् । यसअघि पूर्व मुख्यमन्त्री जयललिताको पनि मरीना तटमै अन्त्येष्टि गरिएको थियो । राज्य सरकारले कुनै पनि पूर्व मुख्यमन्त्रीको मरीना तटमा अन्त्येष्टि नभएको तर्क प्रस्तुत गरेको छ । यहाँ अन्त्येष्टि गरिएका तीन जनाको निधन मुख्यमन्त्री पदमै रहँदा भएको थियो । मरीना तटमा अन्नादुरै, एमजी रामचन्द्रन तथा जयललिताको अन्त्येष्टि भएको थियो । 

राज्य सरकारले पूर्व मुख्यमन्त्री कामराज र राजाजीको समाधि गान्धी मण्डपमको नजिकै भएको बताएको छ । यही जग्गामा करुणानिधिको समाधि बनाउन डीएमकेलाई सरकारले आग्रह गरेको छ ।

मद्रास उच्च अदालतले मरीना तटमा नेताको समाधि बनाउने विषयमा तीनवटा जनहित याचिका दायर गरेको छ । याचिकामा मरीना तटमा समाधि बनाउनु ‘कोस्टल रेग्युलेसन जोन रुल्स’ को विरुद्ध हुने बताइएको छ । वर्तमान मुख्यमन्त्रीले मरीना तटमा समाधि बनाउने अनुमति दिँदा कानुनी समस्या पैदा हुने बताएका छन् । 

यो पनि पढ्नुहोस्

रहेनन् दक्षिण भारतीय राजनीतिका 'भीष्म पितामह' : तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया