टी-टेन क्रिकेटलाई आईसीसीले दियो आधिकारिक मान्यता

 साउन २२, २०७५ मंगलबार २२:२५:१५ | एजेन्सी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ‘टी-टेन’ क्रिकेटलाई आधिकारिक मान्यता दिएको छ । योसँगै दोस्रो संस्करण २३ नोभेम्बरदेखि युएईको सारजाहमा आयोजना हुने छ ।

आईसीसीको मान्यतापछि नोभेम्बरमा हुने टी-टेन क्रिकेट प्रतियोगितामा ८ टिम सहभागी हुने पनि टुंगो लागेको छ । पहिलो संस्करणमा ६ वटा टिमले सहभागिता जनाएका थिए । आईसीसीका एक जना प्रवक्ताले भने ‘हामीले टी-टेन क्रिकेटलाई स्वीकृति दिएका छौँ, आयोजक युएई क्रिकेट बोर्डले सबै प्रक्रिया पूरा गरेकाले आईसीसीले सम्बन्धन दिएको हो ।’

टी-टेन लीगका अध्यक्ष शाजी उल मुल्कले आईसीसीबाट सहमति भएपछि खेलाडीलाई थप फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले यसलाई उत्कृष्ट बनाउँदै लैजाने पनि प्रष्ट पारे ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया