विश्वकपका सबैभन्दा बुढा खेलाडी हदारीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 साउन २२, २०७५ मंगलबार २२:३९:१४ | एजेन्सी
unn.prixa.net

इजिप्टका भेट्रान गोलकिपर एस्सम अल हदारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

रसिया विश्वकप फुटबल खेलेका उनले सबैभन्दा बुढो उमेरसम्म फुटबल खेल्ने कीर्तिमान बनाएका थिए । ४५ वर्षीय गोलकिपर एस्समले साउदीअरेबियाविरुद्ध खेलेर यो इतिहास कायम गरेका थिए । इजिप्टले अहिले सम्म ३ वटा विश्वकप मात्रै खेलेको छ । १९३४, १९९० र २०१८ को विश्वकपमा इजिप्ट सहभागी थियो । 

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको इजिप्टले हालै सम्पन्न विश्वकपमा सहमूह चरणबाटै बिदा भएको थियो । तर  भेट्रान गोलकिपर एस्सम अल हदारीले भने उक्त विश्वकपमा रेकर्ड बनाएका हुन् । सन् १९९६ मा इजिप्टको राष्ट्रिय टिममा डेब्यू गरेका हाड्रेले १५९ क्याप जितेका छन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया