पहिले पानी ट्याङ्कीमा पैसा राखेको कुप्रचार गरे, अहिले चरित्रहत्या गरिरहेका छन् : ईश्वर पोखरेल

 भदौ १०, २०७७ बुधबार १६:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गर्नुभएको छ ।

उहाँले बुधबार विज्ञप्तिमार्फत आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लङ्घन गरेर नभएको जनाउनुभएको हो । 

‘भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु’, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, 'मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु  ।’

उहाँले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरुद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्याङ्कीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया