सर्पले टोकेपछि झारफुक गर्न लाग्दा १४ वर्षीया किशोरीको मृत्यु

 साउन २३, २०७५ बुधबार ५:५२:३४ | उज्यालो सहकर्मी

सुर्खेत - सुर्खेतमा एक किशोरीको सर्पले टोकेर ज्यान गएको छ । पञ्चपुरी नगरपालिका–१० तातापानी गल्फाकी  १४ वर्षीया हरिकला उपाध्यायको सर्पले टोक्दा मंगलबार बिहान जयान गएको हो ।

बिहान ५ बजेतिर हरिकलालाई सर्पले टोक्दा पनि उपचार गर्नुको सट्टा झारफुक गर्न लाग्दा ज्यान गएको पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्तिदेवी पुरीले जानकारी दिनुभयो ।

२०७१ सालमा आएको बाढीले बिस्तापित भएर पञ्चपुरीको तातापानीमा बस्दै आएकी उपाध्यायलाई बिहान शौचालय जाने बेलामा सर्पलले टोकेको थियो । ‘बिहान शौचालय जाने बेलामा सर्पले टोकेको रहेछ । अस्पताल ल्याउनुको सट्टा झारफुक गर्न लाग्नु भएछ’ उपप्रमुख पुरीले भन्नुभयो, ‘हामीले मृत्यु भइसकेपछि थाहा पायौं ।’

हरिकला कक्षा ८ मा अध्ययनरत थिइन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया