चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

 साउन २३, २०७५ बुधवार ६:३६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । 

मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाएकी बसमा यात्रा गरिरहेकी महिलाको भने पहिचान भएको छैन । घाइतेको चितवनमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: साउन २७, २०७५

तपाईको प्रतिक्रिया