वातावरणीय कानूनले डढेलो नियन्त्रणमा आउन सकेन : ट्रम्प

 साउन २३, २०७५ बुधबार ७:४१:२ | एजेन्सी
unn.prixa.net

‘खराब वातावरणीय कानून’ का कारण क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणका लागि उचित ढंगले पानीको प्रयोग गर्न कानूनले रोकेकाले डढेलो नियन्त्रण गर्न समस्या भएको बताएका छन्  ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन् ‘क्यालिफोर्नियामा डढेलो दिनप्रतिदिन फैलिएको छ । यसलाई नियन्त्रणमा ल्याउन बातावरण कानून बाधक बनेको छ । आगो नियन्त्रणका लागि रूखहरू काट्न जरूरी छ तर वातावरण कानूनले यसलाई पनि रोक्छ ।’

 

उपलब्ध पानीलाई उचित रूपमा उपयोग गर्न सके आगो नियन्त्रणमा आउने उनको दाबी छ । क्यालिफोर्नियाको पानी ‘मूर्खतापूर्ण’ तरिकाले  प्रशान्त महासागरमा लगिएकोले आगो निभाउन पानीको अभाव भएको र डढेलोले क्षति पुर्याएको उनले बताएका छन् । 

क्यालिफोर्नियामा विनासकारी डढेलोले वितण्डा मच्चाएको छ । डढेलोका कारण धेरै जनधनको क्षति भएको छ । विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकले काम गरिरहेका छन् ।

एक हप्ता पहिले सरु भएको डढेलो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया