मौसममा सुधार, केही ठाउँमा राति वर्षा हुने

 साउन २३, २०७५ बुधबार ८:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशभरको मौसम सुधार भएको छ । बुधबारदेखि मौसममा सुधार आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकामा आज ५ दिनपछि बिहानै घाम लागेको छ । गएको शुक्रबारदेखि नै बदली भइ उपत्यकाको धेरै ठाउँमा पानी परेको थियो । 

अबको तीन दिनसम्म देशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुनेछ । केही मात्रामा मनसुन निष्क्रिय भए पनि केहीबेरमै बदली भई पानी पर्ने मौसमवद्ले बताएका छन् ।

महाशाखाका अनुसार दिउँसो आशिंक बदली भए पनि राति भने एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया