निषेधाज्ञाको अटेरी गर्ने क्रम बढ्यो, बिहानै १ सय ६० गाडी होल्ड

 भदौ १३, २०७७ शनिबार ८:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ ‍- काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अटेरी गर्ने क्रम बढेको छ । 

अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

आज निषेधाज्ञाको १० औं दिन हो । आज बिहानै निषेधाज्ञाको उलङ्घन गर्ने १ सय ६० गाडी होल्ड भएको छ । १ सय ४६ दुईपाङग्रे र १४ चारपाङग्रे गाडी होल्ड भएका हुन् । हिजोमात्रै काठमाण्डौ उपत्यकामा १ हजार ५८ गाडीलाई प्रहरीले होल्ड गरेर छोडेको छ । 

निषेधाज्ञाको उलङ्घन गरेर चलाएका ८ सय ६९ दुईपाङग्रे र १ सय ८९ चारपाङग्रे गाडीलाई होल्ड गरिएको हो । निषेधाज्ञा नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाण्डौ उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया