पहिरोले घर पुरिँदा डेढ वर्षको बालकको मृत्यु

 साउन २३, २०७५ बुधबार ८:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – पहिरोले घर पुरिँदा काभ्रेमा डेढ वर्षका बालकको ज्यान गएको छ ।

मंगलबार राति घरमाथिबाट पहिरो खस्दा मण्डन देउपुर नगरपालिका–१० छापका हेमबहादुर तामाङका डेढ वर्षका छोराको ज्यान गएको हो ।

प्रहरीले बुधबार बिहान पहिरो हटाएर बालकको शव निकालेको हो । प्रहरीका अनुसार घरका अरु सदस्य भने भागेर बाँच्न सफल भएका छन् । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया