नेकपाको सचिवालय बैठक बस्दै

 साउन २३, २०७५ बुधबार ८:३१:२९ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजेपछि बस्ने बैठकमा पार्टीको तल्लो तह एकीकरणको विषयमा छलफल हुने नेकपाले जनाएको छ । 

केन्द्रीय तहमा पार्टी एकता भए पनि तल्लो तहमा अझै पनि एकता हुन सकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठमा एकता भएपछि नेकपा बनेको हो । तर अहिलेसम्म पनि पार्टीको जनवर्गिय संगठन, जिल्लाका पार्टी एकता हुन सकेको छैन ।

यस्तै नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने भने पनि दुवैतर्फ कार्यालय सञ्चालन गर्दा पार्टी काम प्रभावकारी हुन नसकेको गुनासो आउन थालेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया