इलाममा प्रदुषण शुल्क नहट्ने, गाडी भाडा बढाए चालक र व्यवसायीलाई कारवाही

 साउन २३, २०७५ बुधबार ९:३५:१८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम नगरपालिकाले लागू गरेको पेट्रोल डिजेलको प्रदुषण शुल्कमा स्थानीयले असहमति जनाए पनि शुल्क नहटाउने निर्णय नगरपालिकाले गरेको छ  ।

नगरपालिकाका प्रमुख महेश बस्नेतले संविधानमा उल्लेख भएको कानुन अनुसार नै शुल्क लिन थालिएकाले प्रदुषण शुल्क नहट्ने निणर्य गरिएको स्पष्ट पार्नु भयो ।

नगरपालिकाले केही दिन अघि उपभोक्ताबाट प्रदूषण नियन्त्रण शुल्क भन्दै डिजेल र पेट्रोलमा अतिरिक्त ५० पैसा कर लगाउदै शुल्क लिने निर्णय गरेको थियो  । निर्णय लागू भएपछि नगरपालिकाले शुल्क लिए उपभोक्ता मारमा पर्ने भन्दै स्थानीय आक्रोसित भएका थिए ।
 
नगरपालिकाले शुल्क लागू गरेसँगै गाडीले चर्को भाडा लिन थालेका छन् । गाडीभाडा बढी असुली यात्रुलाई समस्यामा पार्ने यातायात चालक र व्यवसायीलाई अनुगमन गरी कारवाही गर्ने नगरप्रमुख बस्नेतले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया