ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनमा रियलले रोमालाई हरायो

 साउन २३, २०७५ बुधबार ११:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिडले इटालियन क्लब रोमालाई पराजित गरेको छ ।

अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा रियलले रोमामाथि २–१ को जित दर्ता गरायो । ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनको सहयोगमा रियलले प्रि–सिजनमा महत्वपूर्ण जित निकाल्यो ।
खेलको दोस्रो मिनेटमा नै मार्को एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले ग्यारेथ बेलको पासमा गोल गरे ।

१५औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रता २–० मा लम्ब्याए । पहिलो हाफमा रियलले सोही अग्रता कायम राख्यो । दोस्रो हाफमा केभिन स्ट्रुटम्यानले गोल गर्दै रोमालाई खेलमा फर्काए । तर थप गोल हुन नसक्दा रियल विजयी भयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया