भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी रहेनन्

 भदौ १५, २०७७ सोमबार १८:२९:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो । 

उहाँ दिल्लीमा सेनाकाे आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएकाे थियाे । उहाँले भारतकाे अर्थ, रक्षा तथा विदेश मन्त्री जस्ताे पदमा रहेर आफ्नाे जिम्मेवारी निर्वाह गर्नुभएकाे थियाे । 

उहाँकाे मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो । गएकाे अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे बताउनुभएकाे थियाे । 

शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुग्नुभएकाे थियाे र आर एण्ड आर अस्पतालले हरेक दिन उहाँकाे स्वास्थ्यकाे बारेमा जानकारी दिइरहेकाे थियाे । 

साेमबार साँझ पाैने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छाेरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उहाँकाे निधनकाे पुष्टि गर्नुभएकाे हाे । 

उहाँले ट्वीटमा भन्नुभएकाे छ, 'आरआर अस्पतालकाे पूरा काेसिस, भारतीय नागरिककाे प्रार्थनाकाे बाबजुद मेरा पिता श्री प्रणब मुखर्जी हामीमाझ रहनुभएन । म सबैलाई धन्यवाद दिन चाहन्छु ।'

भारतका वर्तमान राष्ट्रपति रामनाथ काेविन्दले ट्वीट गर्दै पूर्वराष्ट्रपति प्रणब मुखर्जीकाे निधनप्रति दुःख व्यक्त गर्नुभएकाे छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुखर्जीकाे निधनमा शाेक व्यक्त गर्दै ट्वीट गर्नुभएकाे छ । 

उहाँले लेख्नुभएकाे छ, 'भारत रत्न श्री प्रणब मुखर्जीकाे निधनमा भारत शाेकाकुल छ । हाम्राे राष्ट्रकाे विकासकाे यात्रामा उहाँले नमेटिने छाप छाेड्नुभएकाे छ । एक विद्वान, उचाे कदका राजनेता, जसलाई सबै समुदाय र राजनीतिक वर्गले प्रशंसा गरेका छन् ।' 

प्रधानमन्त्री नरेन्द्र माेदीले सन् २०१४ काे सन्दर्भलाई जाेड्दै दिल्लीमा पहिलाे दिन पूर्वराष्ट्रपति प्रणब मुखर्जीकाे मार्गदर्शन, समर्थन र आशीर्वाद मिलिरहेकाे र उहाँसँगकाे कुराकानी सधैँ याद गरिरहने बताउनुभएकाे छ । 

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले ट्वीट गर्दै पूर्व कांग्रेस नेताकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ । 

गृह मन्त्री अमित शाहले पनि ट्वीट गर्दै प्रणब मुखर्जीकाे निधनप्रति शाेक व्यक्त गर्नुभएकाे छ ।   

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया