नेकपाले सांगठनिक एकीकरणको कामलाई भोलि टुंगो लगाउने

 साउन २३, २०७५ बुधबार १२:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकीकरणको कामलाई बिहीबार टुंगो लगाउने भएको छ ।

बुधबार प्रधानमन्त्रीको संरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सांगठनिक एकीकरणको सम्बन्धी विषयलाई बिहीबार टुंगो लगाउने गरी सहमति जुटाएको हो । पार्टीको विधान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएको नेकपाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको हो ।

यसअघि नै नेकपाले भदौ ५ गते भित्र संगठनको एकीकरणको काम सम्मन्न गर्ने गरि आन्तरिक सर्कुलर समेत जारी गरिसकिएको छ । त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि बिहीबारको बैठकले निर्णय गर्ने बताइएको छ । 

बुधबारको बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यलाई जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठक बिहीबार २ बजे बस्ने छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया