नेकपा विप्लवका प्रवक्ता प्रकाण्ड पक्राउ

 साउन २३, २०७५ बुधबार १४:११:१८ | उज्यालो सहकर्मी

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन ।

उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिनुभयो । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उहाँले बताउनुभयो ।

गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न ठाउँमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्ड विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन । विप्लव नेतृत्वको नेकपाका अर्का दुई केन्द्रिय सदस्यलाई केही दिनअघि प्रहरीले काठमाडौबाटै पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया