वरिष्ठ चिकित्सकलाई तोकिएको कार्यक्षेत्रमा जान स्वास्थ्य मन्त्री यादवको कडा निर्देशन

 साउन २३, २०७५ बुधबार १६:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उप–प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान वरिष्ठ चिकित्सकहरुलाई कडा निर्देशन दिनु भएको छ ।

उप–प्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भए पनि वरिष्ठ चिकित्सकहरु नगएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नब्बे प्रतिशतभन्दा बढी चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत पनि गराउनुभयो ।

उप–प्रधानमन्त्री यादवले स्वास्थ्य सेवालाई गाउँ–गाउँसम्म पु¥याउन वरिष्ठ चिकित्सकहरुले गाउँ–गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

उप–प्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरबाही हुने गरेको बताउनुभयोे । उहाँले शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया