उद्योगमन्त्री यादव अचानक वीरगञ्जको एउटा उद्योगमा !

 साउन २३, २०७५ बुधबार १६:३५:२० | केसी लामिछाने
unn.prixa.net

पर्सा – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निम्बस ग्रुप अन्र्तगतको प्रो बायोटेक इण्डष्ट्रिजमा अनुगमन गर्नु भएको छ । 

वीरगन्जको गण्डक चोक नजिकै रहेको  निम्बस ग्रुपको  प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगमा बुधबार मन्त्री यादवले अनुगमन गर्नु भएको हो । प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगले खाने रिफाइन तेल, सोयाबिन र भटमासको तेल उत्पादन गर्दै आएको छ । वीरगन्जमा मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाडौं फर्कने क्रममा वीरगन्जबाट सिमरा विमनस्थलमा जाने क्रममा मन्त्री यादव उद्योगमा जानु भएको हो । 
मन्त्रीको टोलीमा नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मी पनि थियो । उद्योगमा पुग्नु भएका मन्त्री यादवले उद्योगका उत्पादन परीक्षणका लागि काठमाडाैं लिएर जानु भएको उद्योगका प्रशासन प्रमुख प्रकाशकान्त बैठाले जानकारी दिनुभयो । प्रो बायोटेक इण्डष्ट्रिज प्रालिले क्रुड आयल निर्यात गर्न मन्त्रालयसँग अनुमति मागेको बैठाले बताउनुभयो ।

त्यही विषयमा अनुगन गर्न मन्त्री आउनु भएको बैठाको भनाई छ । निम्बस ग्रुपका अध्यक्ष जगदीश अग्रवालले मन्त्री यादवले उद्योगको अनुगमन गरेको र उद्योगमा रहेको समस्याहरुको बारेमा जानकारी लिनु भएको बताउनुभयो ।

मन्त्री यादवले व्यापक गुनासोहरु आएपछि उद्योगमा छापा मारेको चर्चा पनि उत्तिकै चलेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया