अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
उदयपुर – शैक्षिक सत्र २०७५ का लागि जिल्लाका ४६ जनाले वैदेशिक रोजगार छात्रवृत्ति पाउने भएका छन् । रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको छोराछोरीले छात्रवृत्ति पाउने भएका हुन् ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गर्दा ६७ जनाले छात्रवृत्ति दावी गरेका थिए । तीमध्ये ४६ जनाले मात्रै छात्रवृत्ति पाउने भएका छन् । कक्षा ८ सम्मका विद्यार्थीले आठ हजार र ९ देखि १२ कक्षासम्मका विद्यार्थीले १२ हजार रुपैयाँ छात्रवृत्ति पाउने छन् ।
सरकारी र निजी विद्यालय दुवैमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहत रहेको शिक्षा इकाई तथा समन्वय इकाई मार्फत छात्रवृत्ति उपलव्ध हुने सुरक्षित आप्रवासन सामी परियोजनाकी जिल्ला संयोजक सनम राईले जानकारी दिनुभयो ।