‘अन्तिम पत्र’ सिरानीमा छाडेर बेपत्ता भएका प्रअ गुफामा मृत भेटिए

 साउन २३, २०७५ बुधबार १९:२८:५ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कुश्मा नगरपालिका –९, घर भई पर्वतकै मोदी गाउँपालिका –६, दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल अलपेश्वर गुफा भित्र मृत भेटिएका छन । 

कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो ६ दिनपछि  प्रअ पौडेल मृत अवस्थामा भेटिएका हुन् । बिहान पूजापाठ गर्न भन्दै मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार बिहानदेखि बेपत्ता भएका थिए । 

अलपेश्वर गुफाभित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ वर्ष शिक्षण गरेका पौडेल १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा पढाउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए । 
 
मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रोसँग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको  लेखेका थिए ।  बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुबईमा रहँदै आएका छन् भने छोरीको विवाह  भइसकेको छ ।

याे पनि पढ्नुहाेस् 

‘अन्तिम पत्र’ लेखेर दुई दिनदेखि प्रधानाध्यापक बेपत्ता

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया