राजकीय सम्मानका साथ करुणानिधिको अन्त्येष्टि, अन्तिम यात्रामा मानवसागर उर्लियो

 साउन २३, २०७५ बुधबार २२:५९:२१ | एजेन्सी

तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके प्रमुख एम करुणानिधिको राजकीय सम्मानका साथ बुधबार साँझ चेन्नईको मरिना तटमा अन्त्येष्टि गरिएको छ ।  

मंगलबार बेलुका चेन्नई अस्पतालमा करुणानिधिको निधन भएको थियो । 

करुणानिधिको पार्थिव शरीर उनका मार्गदर्शक तथा डीएमकेका संस्थापक सीएन अन्नादुरैको समाधि नजिकै राजकीय सम्मानका साथ समाधिस्थ गरिएको हो । 

हजारौँको संख्यामा उपस्थित भएका उनका शुभचिन्तकहरुले ‘करुणानिधि अमर रहून्’ भन्दै नारा लगाएका थिए । 

करुणानिधिको पार्थिव शरीरलाई भारतको राष्ट्रिय झण्डाले लपेटिएको थियो । साथै उनलाई कालो चश्मा, पहेँलो सल तथा सेतो कमीज र धोती लगाइदिइएको थियो ।

चेन्नई पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीलगायतका राजनीतिज्ञहरुले दिवंगत नेता करुणानिधिलाई अन्तिम श्रदाञ्जली अर्पण गरेका थिए । 

याे पनि पढ्नुहाेस् 

करुणानिधिको अन्त्येष्टि मरिना बिचमै, भागदौड मच्चिँदा २ जनाको ज्यान गयो

करुणानिधिको अन्त्येष्टिलाई लिएर ठूलो विवाद

रहेनन् दक्षिण भारतीय राजनीतिका 'भीष्म पितामह' : तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया