'अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना नियन्त्रणमा चासो नदिएको पाइयाे'

 भदौ २५, २०७७ बिहिबार ९:५५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदा-हुँदै पनि सङ्क्रमण नियन्त्रण गर्न चासो नदिएको खुलेको छ ।

कोरोना भाइरसको महामारी बारे थाहा हुँदा-हुँदै पनि रोक्न ट्रम्पले चासो नदेखाएका पाइएको वरिष्ठ पत्रकार बब वूडवार्डले लेखेको पुस्तकमा उल्लेख छ ।

पत्रकार बबले अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले महामारी प्रवेश गर्नुपूर्व नै कोरोना भाइरस घातक रहेको थाहा पाएका दाबी गर्नु भएको छ । उहाँले राष्ट्रपति ट्रम्पसँग सन् २०१९ को डिसेम्बरदेखि सन् २०२० को जुलाइसम्ममा १८ पटक अन्तर्वार्ता लिनु भएको छ । अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको ज्यान जानुअघि नै महामारीबारे थाहा भएको बताएका पुस्तकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यस विषयमा राष्ट्रपति ट्रम्पले नागरिकमा डर त्रास नफैलियोस् भन्ने चाहेकाले यसबारे केही नबताएको टिप्पणी गर्नु भएको छ । पत्रकार बबको यो पुस्तक औपचारिक रुपमा सेप्टेम्बर १५ तारिख अर्थात् आउँदो ३० गते बजारमा आउँदै छ । अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।

त्यहाँ अहिलेसम्म साढे ६५ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया