भारत : पछिल्लो २४ घण्टामा थपिए ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित

 भदौ २८, २०७७ आइतबार ८:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ ।

यस्तै भारतमा एकैदिन ११ सयभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । योसँगै भारतमा  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७८ हजार ६ सय १४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजार ४ सय ४४ सङ्क्रमित थपिएका छन् भने झन्डै ७ सय जनाको ज्यान गएको छ ।  अमेरिकामा अहिलेसम्म जम्मा सङ्क्रमितको संख्या ६६ लाख ७४ हजार ७ सय ६३ र ज्यान गुमाउनेको सङ्ख्या १ लाख ९८ हजार १ सय १९ पुगेको छ ।

यस्तै ब्राजिलमा ३१ हजार ८ सय ८० कोरोना सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको संख्या ४३ लाख १५ हजार ८ सय  पुगेको छ । हिजो ब्राजिलमा ८ सय सङ्क्रमितको ज्यान गएसँगै  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  १ लाख ३१ हजार २ सय पुगेको वल्ड्रोमिटरले जनाएको छ ।

पछिल्लो विवरणअनुसार विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड ८९ लाख २८ हजार ७ सय ५० पुगेको छ भने ९ लाख २४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया