कुलमान घिसिङ प्राधिकरणबाट आज बिदा हुँदै, दोहोर्‍याउन ‘प्रधानमन्त्रीको अनिच्छा’

 भदौ २८, २०७७ आइतबार १४:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर मन्त्रिपरिषद्को बैठक साेमबार (भोलि) मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो ।

यद्यपि प्रधानमन्त्री ओलीले चाहेमा सरकारले कुलमानलाई फेरि पनि प्राधिकरणको नेतृत्व दिन सक्छ तर ओलीले घिसिङलाई नियुक्त गर्न नचाहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ । ‘नेकपाका अध्यक्ष प्रचण्ड कुलमानलाई नै लैजानुपर्छ भन्नेमा हुनुहुन्छ तर प्रधानमन्त्री ओलीले त्यसमा रुचि देखाउनुभएको पाइएन’, ऊर्जा मन्त्रालय स्रोतले उज्यालोलाई भन्यो ।

ऊर्जामन्त्री वर्षमान पुन आफै कुलमानलाई दोहोर्‍याउने मनस्थितिमा नभए पनि प्रचण्डको दबाबका कारण मन्त्री पुन घिसिङको नाम प्रस्ताव गर्न राजी हुनुभएको छ । तर प्रधानमन्त्रीले नै इच्छा नदेखाएपछि घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन । 

दैनिक १८ घण्टाकाे लोडशेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍याउन माग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

5 Comments

  • Rajesh

    Sept. 14, 2020, 2:17 a.m.

    कुलमानलाई नै ल्याउनुपर्छ , देश विकाशका लागि सही मान्छे हुनु आवश्यक छ /

  •  0 Reply
  • Keshab sijali magar

    Sept. 13, 2020, 5:07 p.m.

    देस को अवस्थालाई मध्यनजर गर्ने हो भने फेरि जिम्वेवारी कुलमान लाई नै दिनु पर्छ

  •  0 Reply
  • Milan Rai

    Sept. 13, 2020, 3:38 p.m.

    #we_need_always_Mr_Kulman_Ghishing

  •  0 Reply
  • Damodar Gautam

    Sept. 13, 2020, 2:51 p.m.

    यति त गर्नै पर्यो नि है प्रधानमन्त्री ज्यु त्यत्रो विद्युतबाट आउने पैसा कुलमानले एक थोपा पनि दियनन भन्ने पिर होला अब आफ्नै मान्छे राख्नुस ओलिजी हजुर रजाँई चल्ने छ कुलमानले गर्दा हजुरका प्रीय व्यापारी चौपट भैसके बेलै मा बुद्दी पुर्याइहाल्नुस है

  •  0 Reply
  • Jiban gurung

    Sept. 13, 2020, 2:09 p.m.

    We need right place right person, Mr. Kulman is the best person for this place.

  •  2 Reply

तपाईको प्रतिक्रिया