युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने

 साउन २४, २०७५ बिहिबार ८:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ ।

भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।

नेपाल पहिलो संस्करणमा  सहभागि भए पनि  समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया