क्यारेबियन प्रिमियर लिगमा त्रिनबागो नाइटराइडर्सको विजयी सुरुवात

 साउन २४, २०७५ बिहिबार १०:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा त्रिनबागो नाइटराइडर्ससले विजयी सुरुवात गरेको छ ।

पोर्ट अफ स्पेनमा आजदेखि सुरु भएको खेलमा त्रिनबागोले सेन्ट लुसिया स्टार्सलाई १ सय रनले पराजित गरेको हो ।

टस हारि पहिला ब्याटिङ गरेको नाइटराइडर्सले निर्धारित ओभरमा ६ विकेट गुमाउँदा १९५ रन बनाएको थियो । उसका लागि कुलिन मुन्रोले सर्वाधिक ६८ रन बनाए । ४८ बल खेलेका मुन्रोले ९ चौका तथा १ छक्का प्रहार गरेका थिए ।

यसैगरी दिनेश रामदीन ५० रनमा नटआउट रहे । २७ बल खेलेका रामदीनले २ चौका र ४ छक्का प्रहार गरे ।

सेन्ट लुसियाका मिचेल म्याकक्लेनगम, किरिक्स वीलियम र किरन पोलार्डले समान दुई दुई विकेट लिए ।

१९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको  सेन्ट लुसिया १७.३ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । लुसियाका लागि एन्डर फ्लेचरले सर्वाधिक १९ रन बनाएका थिए ।

९५ रनमा रोक्ने क्रममा त्रिनबागोका लागि डुयान ब्राभो र फवाड अहमदले तीन तीन विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आजै पौने ४ बजे गुयना एमेजोन वारियर्स र सेन्टकिट्स एण्ड नेभिस प्याट्रियोट्स भिड्ने छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया