मोदीलाई ओलीको शुभकामना : सम्बन्ध बलियो बनाउन मिलेर काम गर्नेछौं

 असोज १, २०७७ बिहिबार ८:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मोदीलाई ट्विटरमार्फत जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ । ट्विटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम गर्नेछौं ।’

भारतीय प्रधानमन्त्री मोदीको आज ७७ औं जन्मदिन हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया