प्रभुले ल्यायो ‘प्रभु पे’ डिजिटल वालेट

 साउन २४, २०७५ बिहिबार १४:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइल’मा भन्ने नारा सहित ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ । 

बिहीबार एक समारोहका बीच प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचन ले ‘प्रभु पे’  डिजिटल वालेटको प्रयोग गरी सेवाको सुरुवात भएको जानकारी गराउनुभएको हो । प्रभु पे डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली, पानीको बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न यो एपले सहयोग पुर्याउने छ । यो एपबाट अनलाइन मात्रै नभई युनियन पे र इच् ऋयमभ स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा पनि दिएको छ ।

प्रभु ग्रुप अन्र्तगत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी र सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी विभिन्न कम्पनी छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

2 Comments

  • Abhay Dhakal

    Aug. 10, 2018, 5:36 p.m.

    आशा छ अहिले बजारमा रहेका खल्ती ( http://khalti.com ), इसेवा, जस्ता वालेट भन्दा पृथक सेवा दिने छ प्रभु पे ले । देवी प्रकाश भट्टचन ज्यु लगायत सम्पूर्ण टिमलाई शुभकामना छ ।

  •  0 Reply
  • Tanka limbu

    Aug. 9, 2018, 2:59 p.m.

    धेरै राम्रो काम को सरुवात गर्नु भए छ सफलता को सुभकामना । मेरो प्रस्न बिदेश बाट आफ्नो खाता चेक गर्नु मिल्छ्की मिल्दैन ।मिलछ भने कसरी गर्ने मोबाइल बाट हेर्न मिलछ भने बतै दिनुस

  •  0 Reply

तपाईको प्रतिक्रिया