ठाकुरराम बहुमुखी क्याम्पसमा आर्थिक अनियमितताका घटनाहरुकाे ठेली

 साउन २४, २०७५ बिहिबार २०:६:२६ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता घटनाहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

ठाकुराराम बहुमुखी क्याम्पस कर्मचारी संघले बुधबार क्यम्पस प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा यो कुरा सार्वजनिक भएको हो ।

कर्मचारीले पेश गरेको ज्ञापनपत्रमा परीक्षाको बेलामा खटाइने निरीक्षकको नाममा क्याम्पस प्रशासनले अनियमितता गरेको उल्लेख छ । परीक्षामा प्रति २१ जना बिद्यार्थीमा एकजना निरीक्षक खटाउनु पर्ने व्यवस्था छ ।

तर क्याम्पस प्रशासनले ५०-५५ बिद्यार्थीमा एक जना निरिक्षक खटाएर अन्य दुईको नक्कली भौचर बनाएर रकम अनियमितता गरेको कर्मचारीले आरोप लगाएका छन् ।

कर्मचारीले परिक्षामा खटिएका निरिक्षकको नाममा उठाइएको पैसा कहाँ कसरी खर्च भयो भन्दै सार्वजनीक गर्न माँग गरेका छन् । 

कर्मचारी संघका सभापति रामायण राउतले बुझाएको ज्ञापन पत्रमा परिक्षामा खटिएका निरिक्षकहरुको रकम समेत क्याम्पस प्रशासनले नदिएको आरोप लगाइएको छ ।

राजधानी बहिरको क श्रेणीको क्याम्पसको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको गरिमा बढाउन शैक्षीक तथा प्राज्ञिक वतावरणमा सुधारका लागि क्याम्पस प्रशासन तत्पर नदेखिएको ज्ञापनपत्रमा उल्लेख छ ।

संघले ०७४ पुष ९ मा संघ र क्याम्पस प्रशासनवीच भएको सम्झौता कार्यान्वयन किन नभएको भन्दै जानकारी दिन समेत माग गरेको छ । 

संघले  बुझाएको ज्ञापनपत्रमा ९ सुत्रीय माग  उल्लेख छन् । ती मागहरु ७ दिनभित्र पूरा नभए संघ आन्दोलनमा जाने अल्टीमेटम समेत दिएको छ ।

क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले त्रिभुवन विश्वविद्यालयले पछिल्लो पटक पठाएको  परिपत्र अनुसार ५५ जना विद्यार्थी बराबर एकजना निरीक्षक रहने व्यवस्था गरेको बताउनुभयाे ।

उहाँले त्यस्तो बनाएर नबन्ने, खर्च भएन भने त्यो त्रिभुवन विश्वविद्यालयको खातामै रहने र त्यसको लेखाजोखा परीक्षा शाखाले गर्ने बताउनुभयाे । 

परीक्षामा खटिएका कर्मचारीहरुको रकम निकासा भइरहेको उनले बताए ।

यस अघि पनि ठाकुरराम बहुमुखी क्याम्पसमा निर्माणको नाममा ३० लाखलाई टुक्रे योजना बनाएर काम गराइएको प्रति पनि गम्भीर प्रश्न उठेको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया