बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून बनाउने तयारी

 साउन २४, २०७५ शुक्रबार ५:४०:१३ | रासस

काठमाडौं - सरकारले बलात्कारीलाई आजीवन काराबासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ । 

बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिनुभयो । 

समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन काराबास हुने गरी कानूनमा संशोधन गर्न लागेको बताउनुभयो । 

समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदले बलात्कारीलाई कडाभन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुुझाव दिनुभएको थियो । 

बैठकमा अधिकांश सांसदले समाजमा महिला र बालिका असुरक्षित बन्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

बालिकामाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको उल्लेख गर्दै महिला सांसदहरुले बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग छेद्न गर्ने, फाँसी दिने वा आजीवन काराबास गर्ने जनदबाब आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले कडा सजाय र कानूनले मात्र बलात्कारका घटना रोकिन गाह्रो हुने बताउँदै बलात्कार घटना रोक्न नागरिकस्तरमा जनचेतना बढाउनुपर्ने तथा स्थानीय सरकार बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । 

बलात्कारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन भएमा समाजमा विकृति फैलाउने घटना नियन्त्रणमा आउन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

सांसद गंगा चोैधरी, पवित्र निरौला, लक्ष्मी परियार, विमला विश्वकर्मा, विमला नेपाली, कलिला खातुनलगायतले बलात्कारीलाई कठोर दण्ड सजायको व्यवस्था गर्नका साथै आजीवन जेल चलान गर्नुपर्ने माग गर्नुभयो । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको भावी कार्ययोजनाका सम्बन्धमा पनि छलफल भएको थियो । 

त्यस अवसरमा सांसदले समाजमा महिलाविरुद्ध हिंसाको घटना बढीरहँदा महिला मन्त्रालय र महिला आयोगले सोचेअनुरुप प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

5 Comments

  • नवीन थापा मगर

    Aug. 16, 2018, 4:10 p.m.

    बलात्कारि लाई त राम्रै सजए आउन लग्या रैछ अब घुस खोरी भ्रष्टाचारि नि एस्तै कानुन बनाउन पाए कस्तो हुन्छ होला

  •  0 Reply
  • Loken pasa

    Aug. 11, 2018, 2:26 a.m.

    कानुन यस्तो बनोस कि हत्यारा र बलत्कारी लाई कुनै बाचने संभाबना नै नरहोस! जस्ले हत्या कसै को गर्छ त्यो भन्दा ठुलो अपराध केही छैन! तसर्थ येस्ता हत्यारा लाई पनि बाचने कुनै अधिकार छैन! र भ्रष्टचारी जस्ले गर्छ उस्लेे गरेको भ्रष्टचार धन भन्दा ३ गुना बढी जरीवाना सहित फासी को सजाय हुन जरुरि छ! तब मात्र देश ले बिकाश र निकाश लिन्छ! मंत्री हरु किन येस्तो कानुन बनाउदैनन्? कारण के हो जन्ता जान्न चाहान्छ

  •  0 Reply
  • Vivek chettri

    Aug. 10, 2018, 4:21 p.m.

    फ़ॉसीं दीनू parxa

  •  0 Reply
  • नारायण

    Aug. 10, 2018, 9:36 a.m.

    बलात्कार मानसिक बिक्रीतिको उपज हो । यो बढ्डो हर्मोनको कारन हुनसक्छ भने त्यो भन्दा बढी उत्ताउलो फेशन, केटीहरूमा केटाहरूलाई उत्तेजित पार्ने खालका भावभंगी र अप्रत्यक्ष रूपमा सुरक्षित गर्भपतनको सर्बशुलभ पनि हो । त्यसकारण यस्ता कुराहरूमा बन्देज लगाउनुपनि आबस्यक लाग्छ ।

  •  0 Reply
  • टान पौडेल

    Aug. 10, 2018, 8:22 a.m.

    बलात्कार एउटा जघन्य अपराध हो,यसलाई २,३ सजायमा बर्गिकरण गरिनु हुदैन !बलात्कार सानो,ठुलो,अध बैसे,तरुनी,बुढी अपाङ्ग,सपाङ्ग सबैमा एउटै पीडा हो त्यसैले यसको एकमात्र सजाय आजिबन काराबास(जेल) तोकिनु पर्छ, जनता यहि चाहन्छन प्रभु !!

  •  0 Reply

तपाईको प्रतिक्रिया