सुतिरहेको बेलामा छानो भत्किँदा बालिकाको मृत्यु

 साउन २५, २०७५ शुक्रबार ८:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – घरको छाना भत्किएर ढुंगाले लाग्दा ६ वर्षकी बालिकाको ज्यान गएको छ ।

बिहीबार राति ककनी गाउँपालिका–७ चतुरालेमा घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने घाइते भएका छन् । राति सुतिरहेको बेलामा छाना भत्किएको प्रहरीले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया