प्रलोभनमा धर्म परिवर्तन गराए पाँच वर्ष कैद

 साउन २५, २०७५ शुक्रबार ९:३५:५० | उज्यालो सहकर्मी

काठमाडौं – भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐनले कसैको सहमति बिना वा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने जो कोहीलाई पनि कानुनी कारबाही हुने व्यवस्था गरिएको छ ।   

धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

संहिता ऐनको परिच्छेद ९ अन्तर्गत १५८ मा ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनु हुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।

यस्तै धार्मिक रीतिथितीमा बाधा पुर्याएको ठहरिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । ऐनमा भनिएको छ – ‘कसैले सनातनदेखि अपनाउँदै आएको वा चलिआएको धार्मिक रीतिथितीमा बाधा पुर्याउनु हुँदैन ।’

धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्‍याउन नहुने भन्दै १५५ नम्बरको बुँदामा भनिएको छ– ‘कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले धार्मिक पूजा, मशानघाट वा चिहानलाई क्षति पुर्‍याए कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।’


 

अन्तिम अपडेट: चैत ९, २०८०

4 Comments

  • prachar nagare kunai kura thaha hudain so prachar

    Aug. 16, 2018, 12:27 p.m.

    प्रचार नगरे कसरी थाहा पाउने ? त्यसैले प्रचार गर्नेपर्छ जुनसुकै कुरा पनि /धर्मसम्बन्धि यो कानून गलत छ/

  •  0 Reply
  • ऋषिराम पराजुली

    Aug. 11, 2018, 7:53 a.m.

    हो तिनिहरू क्रिस्चियन होइनन।यो निश्चित छ ।तर कार्यबाही के हुन्छ व्याख्याता जनून

  •  0 Reply
  • Milan Kharel

    Aug. 11, 2018, 7:48 a.m.

    पहिले बलात्कारी र भ्रष्टाचारी विरुद्ध कडा कानुन बनाउ।

  •  0 Reply
  • rishi raj shahi

    Aug. 10, 2018, 11 a.m.

    आजकाल हाम्रो गाउँघर तिर धर्मको नाममा सोझा र अशिक्षित मान्छेलाई बिभिन्न रोग निको गर्ने बहानामा बाइबल बोकाउँदै छन्/क्रिस्चियन होइन भन्छन , तर धर्मको नाममा बिजिनेस नै हो जस्तो लाग्छ /यस्तो काम गर्नेलाई के सजायँ हुन सक्छ होला ?.

  •  0 Reply

तपाईको प्रतिक्रिया