विदेशबाट फर्कनेले १ सय ग्राम काँचो सुन ल्याउन पाउने

 जेठ १५, २०७५ मंगलबार १७:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको हो । यसअघि सरकारले ५० ग्रामसम्म सुनका गहना मात्रै ल्याउन पाउने नियम थियो । तर अर्थमन्त्री खतिवडाले त्यसको दायरा फराकिलो पार्दै १ सय ग्रामसम्मको काँचो सुन ल्याउन पाउने व्यवस्था मिलाउनुभएको हो ।

त्यसका लागि कर तिर्न नपर्ने पनि बजेटमा उल्लेख छ । सुन तस्करी भइरहेको भन्दै यसअघि सरकारले विदेशबाट फर्कनेलाई सुन ल्याउन कडाइ गर्दै लगेको थियो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया