अमेरिकी राष्ट्रपति ट्रम्प क्वरेण्टीन जाने तयारीमा

 असोज १६, २०७७ शुक्रबार १०:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वरेण्टीनमा जाने तयारी भएको छ । 

आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि ट्रम्प आफ्नी श्रीमती मेलानियासहित क्वरेण्टीनमा जाने तयारी भएको बीबीसीले जनाएको छ । हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले जानकारी दिनुभयो । हिक्सले प्राय सधैं मास्क लगाउने गरे पनि कोरोना रिपोर्ट पोजेटिभ आएको भन्दै ट्रम्पले आफ्नो नतिजा कुरिरहेको जानकारी दिनुभयो । 

ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो । अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । 

जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया