प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना, ओलीको स्वाब सङ्कलन हुँदै

 असोज १७, २०७७ शनिबार १७:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना देखिएको छ । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।

‘हामी चार जनासहित केही चालकमा पनि कोरोना पुष्टि भएको छ, तर कसैलाई पनि लक्षण देखिएको छैन ।’ विदेश मामिला सल्लाहकार भट्टराईले भन्नुभयो । उहाँले तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर आफूहरुमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको पनि जानकारी दिनुभयो । 

सल्लाहकारलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि जोखिममा रहनुभएको छ । तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताउनुभयो ।  


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया