अमेरिकी राष्ट्रपति ट्रम्प फेरि विवादित, अस्पतालबाट बाहिर आएर समर्थकलाई अभिवादन

 असोज १९, २०७७ सोमबार ९:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विवादित बन्नुभएको छ ।

कोरोना सङ्क्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बन्नुभएको हो । सङ्क्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ ।

गाडीमा रहेका उहाँले मास्क लगाउनुभएको थियो । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया