थाइल्याण्डको युवा टोलीसँग नेपाली यु-२३ टिमकाे लज्जास्पद हार : ४–० ले पराजित

 साउन २५, २०७५ शुक्रबार १८:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदो एसियाली खेलकुदको तयारीका लागि थाइल्याण्डमा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार थाइल्याण्डको युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको छ ।
 
सिनियर र जुनियर खेलाडी सम्मिलित नेपाली टोलीले थाई युवा टोलीसँग ४–० गोलको पराजय व्यहोरेको छ । नेपालले थाइल्याण्डलाई कुनै चुनौती नै दिन सकेन ।
 
यसअघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले थाइ प्रिमियर लिग क्लव पुलिस टेरोको बी टिमसँग १–० गोलले पराजित भएको थियो ।
 
नेपाल एसियाली खेलकुदका लागि शनिबार उतैबाट इण्डोनेसिया प्रस्थान गर्नेछ । एसियन गेम्सको समूह डी मा रहेको नेपालले समूहको आफ्नो पहिलो खेल साउन २९ गते जापानसँग खेल्दैछ । नेपाल रहेको समूहमा भियतनाम र पाकिस्तान छन् ।
 
यु–२३ टोली समावेश गर्ने प्रतियोगितामा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधानअनुसार गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र विशाल राई ओलम्पिक टोलीमा राखिएको छ । नेपालको कप्तानी किरणले गर्नेछन् ।
 
एसियाली खेलकुदपछि नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • tanka limbu

    Aug. 10, 2018, 6:50 p.m.

    नेपाली फुटबल मानी राजनीति चल्छ अनि कहाँ बाट हुन्छ?राम्रो खेलाडी ले स्थान पैउदैन जस्को आफ्नो माछे छ उ मात्र रास्ट्र Team पर्न सफल हुन्छ ।त्यको नतिजा हो यो

  •  0 Reply

तपाईको प्रतिक्रिया