भारत–पाकिस्तानका बारेमा के बोले दलाई लामाले ? तीन दिनमै माफी माग्नुपर्‍याे

 साउन २६, २०७५ शनिबार ६:३५:५३ | एजेन्सी
unn.prixa.net

निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाले माफी नेहरु र जिन्नाका बारेमा आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुभएको छ । एएनआईका अनुसार उहाँले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भएको माफी चाहने बताउँदै भन्नुभयो, ‘यदि मैले केही गलत भनेको भए माफी माग्दछु ।’

बुधबार गोवा इन्स्टिच्यूट अफ् म्यानेजमेन्टको एउटा कार्यक्रममा सहभागी हुनुभएका धर्मगुरु लामाले भारत–पाकिस्तान विभाजनका बारेमा विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले महात्मा गान्धीले मोहम्मद अली जिन्ना अभिवाजित भारतको प्रधानमन्त्री बनून् भन्ने चाहेको तर जवाहरलाल नेहरु नमानेको बताउनुभएको थियो । नेहरुले ‘आत्मकेन्द्रित रवैया’ देखाएकै कारण भारत–पाकिस्तान विभाजन भएको बताउनुभएको थियो । 

भारतीय कांग्रेसका नेता शक्ति सिंह गोहिलले धर्मगुरु दलाई लामाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसका पछाडि नरेन्द्र मोदी सरकारको हात हुन सक्ने आशंका व्यक्ति गर्नुभएको थियो । त्यस्तै कांग्रेसका वरिष्ठ नेता मनिष तिवारीले पनि दलाई लामाको अभिव्यक्ति सही नभएको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया