फ्रेञ्ज लिग वानमा मार्सेलीको शानदार सुरुवात, पहिलो पटक भीएआरको प्रयोग

 साउन २६, २०७५ शनिबार ८:३०:२९ | एजेन्सी
unn.prixa.net

फ्रेञ्च लिग वान फुटबल शनिबारदेखि सुरु हुँदा पहिलो खेलमै हालैको रुस विश्वकपमा चर्चित बनेको र रेफ्रीको मानवीय त्रुटी कम गर्न भन्दै विकास गरिएको प्रविधि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को प्रयोग भएको छ । फ्रेञ्च फुटबलमा पहिलो पटक भीएआरको प्रयोग गरिएको हो ।
 
शुक्रबार राति भएको खेलमा ओलम्पिक मार्सेलीले टोलोजलाई ४-० गोलले पराजित गर्दा पहिलो गोल दिमित्री पायेटले पेनाल्टीमार्फत गरेका थिए । चोटका कारण विश्व च्याम्पियन फ्रान्सेली टोलीबाट बाहिर रहेका पायेटले खेलमा २ गोल गरे ।
 
मार्सेलीको घरेलु मैदान अरेञ्ज भेलोड्रोममा भलेर जर्मेइनको प्रहार टोलोजका डिफेण्डरको पाखुरामा लागेकोमा भारले मार्सेलीलाई पेनाल्टी अवसर दिएको थियो ।
 
४५औं मिनेटमा पेनाल्टीमा गोल गरेका पायेटले ६२औं मिनेटमा अर्को गोल गरेका थिए । खेलको नियमित समय अकिनु १ मिनेटअघि जर्मेइनले मार्सेलीका लागि तेस्रो गोल गरे भने इन्ज्यूरी समयमा फ्लोरेन्ट थाभिनले चौथो गोल गरे ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया