कोटेश्वरको जाम घटाउन विकल्प खाेजियाे

 साउन २६, २०७५ शनिबार ९:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको जडीबुटी–पेप्सीकोलाको वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ । दैनिक घण्टौँसम्म लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजाम घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याउन लागेको हो । 

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडक जामलाई कम गर्ने उपाय स्वरुप विकल्प खोजिएको हो । त्यसका लागि प्रतिनिधिसभा सदस्य बस्नेत, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलयायतले पहल गरेपछि हिजोदेखि सडक मर्मतदेखि ग्राभेल बिछ्याउने काम सुरु भएको छ । 

सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला–जडीबुटी सडकबाट चाबहिल जाने गाडी सञ्चालन गराउने, ललितपुर जाने गाडीलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी सडक मर्मत कार्य सकिएलगत्तै आवश्यक दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । 

करिडोर निर्माण सम्पन्न भएसँगै यातायातका साधनको चाप जडीबुटी नाकामा कम हुने बताउँदै बस्नेतले सडक जामको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै भएको बताउनुभयो । 
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया