थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

 कात्तिक १, २०७७ शनिबार १६:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । आज थपिएका मध्ये १७ सय ४६ जना कोरोना सङ्क्रमित काठमाण्डौ उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डाैमा एक हजार चार सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया