कोरोना प्रभावितलाई रोजगारी दिने रणनीति : डोजर र स्काभेटरले गर्ने काम स्थानीयलाई

 कात्तिक १, २०७७ शनिबार २०:४८:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बंगलाचुली गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानीयहरुलाई श्रमिकहरुलाई लगाई योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनु भयो । विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानीय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना सञ्चालन गरेको उहाँकाे भनाइ छ । 

श्रममा आधारित योजनाले कोभिड-१९ का कारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगारी पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताउनुभयो ।

अब बंगलाचुलीका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर र स्काभेटर बिनै काम गर्नु पर्ने छ । गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर र स्काभेटर प्रयोग गर्न नपाउने प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताउनु भयो ।

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया