१८ औं एशियाली खेलकुद चलुञ्जेल जाकार्ताका विद्यालय बन्द रहने

 साउन २६, २०७५ शनिबार १६:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियामा अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरेको छ ।

राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिइने भएको हो । प्रतियोगिताको समयमा ट्राफिक समस्या बढी हुने भएकाले ३१ हजार विद्यार्थीलाई घरमै बसेर कोर्स पूरा गर्न भनिएको छ ।

जाकार्ता एजुकेशन एजेन्सी जेईएका कार्यकारी प्रमुख बोबो रियानाटाले विद्यालय बन्द गर्ने फैसलाले विद्यार्थीको भविष्यमा कुनै असर नपर्ने दावी गरेका छन् ।

सामान्य दिनकै जस्तो शिक्षकले गृहकार्य दिने पनि उनले बताए ।

राजधानी जाकार्तामा बढ्दो सवारी चापका कारण खेलाडीहरुलाई समयमै पुग्न अप्ठेरो पर्ने भएकाले विद्यालय बन्द गरिएको र यसले ३० देखि ४० प्रतिशत ट्राफिक समस्या कम हुने छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया