कलाकर्मीको ध्यान तान्दै सोलुखुम्बु

 साउन २६, २०७५ शनिबार १६:५६:६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पछिल्लो समय हिमाली जिल्ला सोलुखुम्बु सुटिङ गर्नेहरुको रोजाईमा पर्न थालेको छ ।

विभिन्न हिमश्रृङखलालगायत अन्य प्राकृतिक सौन्र्दयताले भरिपूर्ण सोलुखुम्बु काठमाडौसँग सिधा सडक सञ्जालले जोडिएसँगै यहाँ दृष्य छायाकंन गर्ने क्रम बढ्दै गएको हो । काठमाडौबाट झण्डै २ सय किलो मिटरको दूरीमा पर्ने सोलुखुम्बुमा गएको समयभन्दा अहिले दृश्य छायाकंन गर्नेको भीड लाग्ने गरेको हो ।

केही वर्षअघि लभ इन चाइना बोर्डर चलचित्रको छायाकंन पनि सोलुखुम्बुमा नै भएको थियो । करिब २ महिना अघि नेपाली चलचित्र यात्राको छायाकंन सकिएको सोलुखुम्बुमा अहिले विभिन्न गीत सगितंको छायाकंनको क्रम चलिरहेको छ ।

सोलुखुम्बुमा एक हप्ताको समयमा आधा दर्जन भन्दाबढी गीतको म्युजिक भिडियो छायाकंन भएको छ । लोभ लाग्दो हिम श्रृङखला, कलकलाउदो झर्ना अनि ती हरियाली वातावरणसँगै प्रकृतिको सुन्दर थलोको रुपमा परिचित सोलुखुम्बुमा प्राकृतिक दृश्यको पूर्ण मनोरञ्जन लिन पनि सकिन्छ ।

काठमाडौबाट २ सय किलोमिटरको दूरीमा पर्ने सोलुखुम्बु झण्डै सात/आठ घण्टाको गाडीको यात्रा गरेपछि पुगिन्छ । सगरमाथाको जिल्ला भनेर परिचित सोलुखुम्बुको विभिन्न दृष्य दर्शकलाई देखाउनै पर्ने खालको भएको र यसले दर्शकलाई लोभ्याउने भएको गायक एवं निर्देशक धर्मराज पोखरेल बताउनुहुन्छ ।

सोलुखुम्बुका साँच्चै लोभ लाग्दा दृष्य छायाकंन गर्न पाउँदा गौरवको महसुश हुने निर्देशक पोखेल बताउनुहुन्छ । वर्षातको समयमा छायाकंन भइरहेको दृष्यमा मौसम भने मुख्य चुनौति बनेको छ ।

छिनछिनमा परिर्वतन भइरहने सोलुखुम्बुको मौसमका कारण कलाकर्मीहरुलाई भने केही गाह्रो भने पक्कै भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया