नेकपा सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टद्वारा दशैँ भत्ता फिर्ता

 कात्तिक ३, २०७७ सोमबार १३:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गर्नुभएको छ । आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उहाँले संसद् सचिवालयमा फिर्ता पठाउनुभएको हो । 

विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको बताउनुभएको छ । साथै उहाँले लाखौँ श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको, चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको पत्रमा उल्लेख गर्नुभएको छ । 

‘कोरोना र अन्य रोगका बिरामीले उपचारको लागि अस्पतालको शय्यासमेत नपाउने अवस्थामा अनावश्यक खर्च र कतिपय सुविधासमेत कटौती गरेर नागरिकको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ’, उहाँले लेख्नुभएको छ, ‘यस्तो अवस्थामा दशैँ भत्ताका नाममा दिएको सुविधाबापतको रकम उपचार र राहतमा सहयोग होस् ।’

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया