अर्जुनधारामा २ हप्तामा तीन बालिका बलात्कृत

 साउन २६, २०७५ शनिबार १७:१९:६ | सुश्मा राजवंशी

झापा – झापाको अर्जुनधारामा २ हप्तामा ३ जान बालिका बलात्कृत भएका छन् ।

चार वर्षकी बालिका र १३ वर्षका बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै शुक्रबार फेरि अर्की बालिका बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो ९ वर्षीया बालिकालार्ई ७० वर्षका मानबहादुर बानियाँले बलात्कार गरेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बलात्कारपछि फरार भएका अर्जुनधारा–११, का बानियाँलाई स्थानीयको सहयोगमा ५ घण्टापछि साँझ नियन्त्रणमा लिइएको हो । छिमेकी बालिकालाई बलात्कार गरेर भागेका बानियाँ सालबारीस्थित आफन्तको घरमा लुकेर बसेको सूचना स्थानीयवासीले प्रहरीलाई दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  

उनलाई नियन्त्रणमा लिनका लागि सालवारीमा तनाव भएको थियो । बानियाँ लुकेको घर वरपर राति ९ बजेसम्म सयौँको संख्यामा स्थानीय आक्रोशित मुद्रामा भेला भएका थिए । उनीहरुले हातमा ढुङ्गा लिएर ९ वर्षीया अबोध बालिकालाई बलात्कार गर्नेलाई सहजै प्रहरीलाई जिम्मा लगाउनु नहुने भन्दै आक्रोश पोखेका थिए ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया