वर्षाले अवरुद्ध भएको पहलमान सिंह स्वाँर राजमार्ग खुल्यो

 साउन २६, २०७५ शनिबार १९:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – लगातारको वर्षाका कारण अवरुद्ध भएको डोटीको सिलगढी तथा अछामको साँफे जोड्ने पहलमान सिंह स्वाँर राजमार्ग खुलेको छ ।

बन्द भएको राजमार्ग नेपाली सेनाको रुद्रध्वज गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी टोलीले खुलाएको हो । डोटीको सिलगढीस्थित उडितोलमा पहिरो आउदा त्यो राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड आउने तथा पहाडबाट तराई जान हिँडेका सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए । अवरुद्ध भएको राजमार्ग खुलेपछि जाममा परेका सवारी साधन आ–आफनो गन्तब्यतिर लागेका छन् । त्यस्तै लगातारको वर्षाका कारण डोटीमा रहेका स्थानीय सडकहरु समेत बन्द भएका छन् । यहाँका ग्रामिण क्षेत्रमा रहेका सडकमा ठुल्ठूला पहिरो आउँदा सडक अवरुद्ध भएका हुन् ।

ग्रामिण क्षेत्रका सडक खुलाउन भने खासै पहल हुन सकेको छैन् । सडक अवरुद्ध भएपछि ग्रामिण क्षेत्रमा सवारी साधन चलाउन बन्द भएको शैलेस्वरी यातायात व्यवसायी समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया