मोटरसाइकलको ठक्करबाट इलामका सञ्चारकर्मी घाइते,उपचारका लागि झापा पठाइयाे

 साउन २६, २०७५ शनिबार २०:४५:३४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम सदरमुकाममा मोटरसाइकलको ठक्करबाट शनिबार एक सञ्चारकर्मी घाईते भएका छन् ।

जिल्लाको फाकफोकथुम गाउँपालिका–३ आम्चोकका २९ वर्षीय सन्दकपुर दैनिक तथा जनता टेलिभिजन इलाम जिल्ला सम्वाददाता भगिरथ भण्डारी घाइते हुनु भएको हो ।

भण्डारीलाई सदरमुकामको चियाबारी एफएफ अगाडि मे ९ प ७४८४ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो ।

घाइते भण्डारीलाई इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापातर्फ लगिएको छ ।

मोटरसाइकल चालक इलाम नगरपालिका ७ का १७ वर्षीय प्रकाश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते भण्डारीको खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया