एशियाली खेलकूदका लागि जाकार्ताका सबै विद्यालय बन्द

 साउन २७, २०७५ आइतबार ६:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेशियामा अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकूदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरेको छ ।

राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिइएको हो । प्रतियोगिताको समयमा ट्राफिक समस्या बढीहुने भएकाले ३१ हजार विद्यार्थीलाई घरमै बसेर कोर्स पूरा गर्न भनिएको छ ।

जाकार्ता एजुकेशन एजेन्सी जेईएका कार्यकारी प्रमुख बोबो रियानाटाले विद्यालय बन्द गर्ने फैसलाले विद्यार्थीको भविष्यमा कुनै असर नपर्ने दाबी गरेका छन् । उनले सामान्य दिनकै जस्तो शिक्षकले गृहकार्य दिने पनि बताए ।

राजधानी जाकार्तामा बढ्दो सवारी चापका कारण खेलाडीहरुलाई समयमै पुग्न अप्ठेरो पर्ने भएकाले विद्यालय बन्द गरिएको र यसले ३० देखि ४० प्रतिशत ट्राफिक समस्या कम हुने छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया